Introduction
हाईजेनिक वल्ड अर्गनाइजेशन
स्वस्थकर, गुणस्तरीय खाद्य वस्तुहरु लगायत दैनिक उपभोग्य वस्तुहरु उपभोग गर्न पाउनु आम उपभोक्ताको अधिकार हो । उपभोक्ताको खाद्य अधिकार सुरक्षा र जन स्वास्थ्यका लागि स्वच्छ, स्वस्थकर, गुणस्तरीय, शुद्ध एवं हाईजेनिक आहार सम्बन्धी खाद्य चेतना जागरण र खाद्य वस्तु लगायत दैनिक उपभोग्य वस्तुहरुको गुणस्तर बृद्धिका लागि तालिम, चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै प्रत्येक ब्यक्तिलाई सुखी, शान्ति र सफल बनाउनका लागि आहार, खाद्य गुणस्तर सम्बन्धी बजार अनुगमन, अनुसन्धान, खोज, अध्ययन र संरक्षण सम्बद्र्धन सम्बन्धी कार्य गर्ने साथै कृषि पर्यटन मार्फत राष्ट्रिय पूँजी निमार्णको कार्यमा टेवा प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्बन्धीत निकाय, संस्था, कम्पनी, समूहहरुसंग सहकार्य गरी उपभोक्ता अधिकार संरक्षण सम्वद्र्धन, जोखिममा परेका असहाय पिडित महिला तथा बालबालिकाहरुका लागि कार्य गर्ने एक स—शक्त संस्थाको आवश्यकता भएकोले सविकः मुलकहित नागरिक समाज (मुनास) र उपभोक्ता जागरण अर्गनाईजेशन एक आपसमा गाभिएर नयाँ संरचनाका साथ स्थापित एवं गठित संस्थाको हो हाईजेनिक वल्र्ड अर्गनाईजेशन (एचडब्लुओ) ।
समाज र राष्ट्रको सर्वतोमुखि विकासका लागि योग्य नागरिक, कमर्ठ युवा तथा स्वच्छ वातावरणमा हुर्किएका बालबालिकाहरुको आवश्यकता अनुसार नेपालको सामाजिक वातावरण, रहन—सहन र आर्थिक स्थितीलाई मूल्याकंन गर्दै यहाँका असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाहरुको संरक्षण सम्बद्र्धन, सामाजिक उत्थानका लागि सामूहिक प्रयास गर्ने, जसमा हाल बृद्धबृद्धाहरुलाई उचित सम्मान प्रदान गर्दै राष्टिय अविभावक घर साथमा बाल सुरक्षा केन्द्र (नेशनल प्यारेन्स होम वीथ चाईड केयर सेन्टर National Parents Home with Child Care Center) कार्यक्रमहरु सञ्चालन गर्ने मुख्य उद्देश्य रहेको छ ।
संस्थाको संक्षिप्त परिचय :
स्वस्थकर, गुणस्तरीय खाद्य वस्तुहरु लगायत दैनिक उपभोग्य वस्तुहरु उपभोग गर्न पाउनु आम उपभोक्ताको अधिकार हो । उपभोक्ताको खाद्य अधिकार सुरक्षा र जन स्वास्थ्यका लागि स्वच्छ, स्वस्थकर, गुणस्तरीय, शुद्ध एवं हाईजेनिक आहार सम्बन्धी खाद्य चेतना जागरण र खाद्य वस्तु लगायत दैनिक उपभोग्य वस्तुहरुको गुणस्तर बृद्धिका लागि तालिम, चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै प्रत्येक ब्यक्तिलाई सुखी, शान्ति र सफल बनाउनका लागि आहार, खाद्य गुणस्तर सम्बन्धी बजार अनुगमन, अनुसन्धान, खोज, अध्ययन र संरक्षण सम्बद्र्धन सम्बन्धी कार्य गर्ने साथै कृषि पर्यटन मार्फत राष्ट्रिय पूँजी निमार्णको कार्यमा टेवा प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्बन्धीत निकाय, संस्था, कम्पनी, समूहहरुसंग सहकार्य गरी उपभोक्ता अधिकार संरक्षण सम्वद्र्धन, जोखिममा परेका असहाय पिडित महिला तथा बालबालिकाहरुका लागि कार्य गर्ने एक स—शक्त संस्थाको आवश्यकता भएकोले सविकः मुलकहित नागरिक समाज (मुनास) र उपभोक्ता जागरण अर्गनाईजेशन एक आपसमा गाभिएर नयाँ संरचनाका साथ स्थापित एवं गठित संस्थाको हो हाईजेनिक वल्र्ड अर्गनाईजेशन (एचडब्लुओ) ।
समाज र राष्ट्रको सर्वतोमुखि विकासका लागि योग्य नागरिक, कमर्ठ युवा तथा स्वच्छ वातावरणमा हुर्किएका बालबालिकाहरुको आवश्यकता अनुसार नेपालको सामाजिक वातावरण, रहन—सहन र आर्थिक स्थितीलाई मूल्याकंन गर्दै यहाँका असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाहरुको संरक्षण सम्बद्र्धन, सामाजिक उत्थानका लागि सामूहिक प्रयास गर्ने, जसमा हाल बृद्धबृद्धाहरुलाई उचित सम्मान प्रदान गर्दै राष्टिय अविभावक घर साथमा बाल सुरक्षा केन्द्र (नेशनल प्यारेन्स होम वीथ चाईड केयर सेन्टर ल्बतष्यलब िएबचभलतक ज्यmभ धष्तज ऋजष्मि ऋबचभ ऋभलतभच) कार्यक्रमहरु सञ्चालन गर्ने मुख्य उद्देश्य रहेको छ ।
केन्द्रिय कार्यालय चन्द्रागिरी—०१ काठमाण्डौंमा रहेको यस संस्थाले नेपालका अन्य जिल्ला र आवश्यक स्थानहरुमा शाखा, उपशाखा कार्यालयहरु खोली संस्थाको उद्देश्य अनुरुप कार्यक्रमहरु अगाडी बढाउने योजनामा संस्था सक्रिय रुपमा कार्यरत छ ।
संस्थाका उद्देश्यहरु :
(क) आम उपभोक्ताहरुको हकहित र विकासका लागि खाद्य चेतना जागरण कार्यक्रमहरु सञ्चालन गर्ने
(ख) पिडित तथा जोखिममा परेका बालबालिकाहरुको हकहित र विकासमा सघाउँ पु¥याउने बिभिन्न सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ग) मानव अधिकारको संरक्षण सम्वद्र्धन तथा मानव अधिकार शिक्षा सम्वन्धी कार्यहरु गर्ने साथै बृद्धबृद्धाहरुको हकहित र सम्मानका लागि बुद्धाआश्रम र बाल संरक्षण केन्द्र जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने ।
(घ) गुणस्तरीय खाद्यवस्तु उत्पादनका लागि कृषि, उत्पादक र किसानहरुलाई सूचना प्रवाह र तालिमहरु सञ्चालन तथा खाद्य उद्योगहरुलाई दक्ष जनशक्ति उपलब्ध गराउने साथै गुणस्तर सम्बन्धी परामर्श सेवाहरु सञ्चालन गर्ने ।
(ग) प्राकृतिक सौन्र्दयताले धनी, खोलानाला र हिमशिखरहरुको संगालो रहेको नेपाली सुन्दर पर्यटकीय बगैचालाई कृषि मैत्री पर्यटन प्रवद्र्धन कार्यक्रम मार्फत पर्यटन विकासमा थप टेवा प्रदान गर्ने ।
(घ) आहार, जडीबुट्टी, तथा बोट बिरुवाहरु सम्बन्धी खोज, अध्ययन अनुसन्धान र संरक्षण सम्बद्र्धन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ङ) सांस्कृतिक विविधतालाई कायमै राखी धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने साथै धार्मिकताका नाममा हुने विभेदलाई समाजबाट हटाउने तथा आपसी एकता र सद्भावलाई बढाउने कार्यक्रमहरु सञ्चालन गर्ने ।
(त) सम्बन्धीत निकायहरुसंग समन्वय र सहकार्य गरी स्वदेश तथा विदेशीमा हुने स्वस्थकर, शुद्धता, गुणस्तरीय एवं हाईजेनिक, अर्गानिक खाद्य वस्तु र कृषि–खाद्य सम्बन्धी हुने विविध राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका तालिम, सेमिनार, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रमहरुमा भाग लिने, लिन जाने साथै यस सम्बन्धी अन्तराष्ट्रियस्तरका तालिम एवं कार्यक्रमहरु स्वदेश तथा विदेशमा आयोजना गर्ने, गराउने ।