Objectives
संस्थाका उद्देश्यहरु :
(क) आम उपभोक्ताहरुको हकहित र विकासका लागि खाद्य चेतना जागरण कार्यक्रमहरु सञ्चालन गर्ने
(ख) पिडित तथा जोखिममा परेका बालबालिकाहरुको हकहित र विकासमा सघाउँ पु¥याउने बिभिन्न सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ग) मानव अधिकारको संरक्षण सम्वद्र्धन तथा मानव अधिकार शिक्षा सम्वन्धी कार्यहरु गर्ने साथै बृद्धबृद्धाहरुको हकहित र सम्मानका लागि बुद्धाआश्रम र बाल संरक्षण केन्द्र जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने ।
(घ) गुणस्तरीय खाद्यवस्तु उत्पादनका लागि कृषि, उत्पादक र किसानहरुलाई सूचना प्रवाह र तालिमहरु सञ्चालन तथा खाद्य उद्योगहरुलाई दक्ष जनशक्ति उपलब्ध गराउने साथै गुणस्तर सम्बन्धी परामर्श सेवाहरु सञ्चालन गर्ने ।
(ग) प्राकृतिक सौन्र्दयताले धनी, खोलानाला र हिमशिखरहरुको संगालो रहेको नेपाली सुन्दर पर्यटकीय बगैचालाई कृषि मैत्री पर्यटन प्रवद्र्धन कार्यक्रम मार्फत पर्यटन विकासमा थप टेवा प्रदान गर्ने ।
(घ) आहार, जडीबुट्टी, तथा बोट बिरुवाहरु सम्बन्धी खोज, अध्ययन अनुसन्धान र संरक्षण सम्बद्र्धन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ङ) सांस्कृतिक विविधतालाई कायमै राखी धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने साथै धार्मिकताका नाममा हुने विभेदलाई समाजबाट हटाउने तथा आपसी एकता र सद्भावलाई बढाउने कार्यक्रमहरु सञ्चालन गर्ने ।
(त) सम्बन्धीत निकायहरुसंग समन्वय र सहकार्य गरी स्वदेश तथा विदेशीमा हुने स्वस्थकर, शुद्धता, गुणस्तरीय एवं हाईजेनिक, अर्गानिक खाद्य वस्तु र कृषि–खाद्य सम्बन्धी हुने विविध राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका तालिम, सेमिनार, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रमहरुमा भाग लिने, लिन जाने साथै यस सम्बन्धी अन्तराष्ट्रियस्तरका तालिम एवं कार्यक्रमहरु स्वदेश तथा विदेशमा आयोजना गर्ने, गराउने ।
