Public Health

मानव स्वास्थ्य
स्वस्थकर, गुणस्तरीय खाद्य वस्तुहरु लगायत दैनिक उपभोग्य वस्तुहरु उपभोग गर्न पाउनु आम उपभोक्ताको अधिकार हो । उपभोक्ताको खाद्य अधिकार सुरक्षा र जन स्वास्थ्यका लागि स्वच्छ, स्वस्थकर, गुणस्तरीय, शुद्ध एवं हाईजेनिक आहार सम्बन्धी खाद्य चेतना जागरण र खाद्य वस्तु लगायत दैनिक उपभोग्य वस्तुहरुको गुणस्तर बृद्धिका लागि तालिम, चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै प्रत्येक ब्यक्तिलाई सुखी, शान्ति र सफल बनाउनका लागि आहार, आयुर्वेदिक वनस्पति तथा रुख विरुवा र खाद्य गुणस्तर सम्बन्धी बजार अनुगमन, अनुसन्धान, खोज, अध्ययन र संरक्षण सम्बद्र्धन सम्बन्धी कार्य गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्बन्धीत निकाय, संस्था, कम्पनी, समूहहरुसंग सहकार्य गरी उपभोक्ता अधिकार संरक्षण सम्वद्र्धन सम्बन्धी कार्य गर्ने संस्थाको उद्देश्य रहेको छ ।
कृषि खाद्यवस्तुहरु सम्बन्धी खोज, अनुसन्धान, अध्ययन र संरक्षण सम्वद्र्धनका कार्यहरु लगायत यस क्षेत्रका दक्ष, विज्ञहरुको सल्लाह, सुझाव र अनुभवलाई समेट्दै विषेश रुपमा समस्त बुद्धपुरुषहरुले मानव जीवन र आहार विहार सम्बन्धमा प्रतिपादन गर्नु भएका सन्तुलित आहार प्रणाली हाईजेनिक गुणस्तर प्रणाली प्रर्वद्धन लगायत सम्पूर्ण धार्मिक आचरणको मूल्य र मान्यतालाई आत्मसात गर्दै मानव जीवनका लागि गुणस्तरीय आहारको क्षेत्रमा संस्था बढिरहने छ ।
यहाँ मानव स्वास्थ्यको विषयमा कुरा गर्दा आहारका विषयमा बोल्नु लेख्नु र मनन गर्नुपर्ने हुुन्छ । किनकी
खाना खानुको अर्थ भोक मेटाउनु मात्र नभई शरीर पूर्णतः स्वस्थ, निरोगी एवं पुष्ट बनाएर राख्नका लागि पनि हो । शुद्ध आहारले मानिसको शरीरमा औषधीको काम गरिरहेको हुन्छ ।

तपाई जस्तो आहार लिनुहुन्छ आफु त्यस्तै हुनुहुन्छ ।
तपाई
तपाईको आहार (खाना)
आहार अनुसारको तपाईको स्वास्थ्य
स्वास्थ्य अनुसार इच्छा, चाहाना र सपनाहरु
इच्छा, चाहाना, सपनाहरु अनुसार विवेक र सु—बिचार
विवेक र सु—बिचारबाट बन्दछ, सहि र उत्तम योजना
योजना अनुसार नै कर्म र कार्य सम्पादन
कर्म, कार्य अनुसार नै फल, राम्रो स्वास्थ्य र समृद्धि ।

स्वस्थ जीवन, सुख, शान्ति र समृद्धिका लागि
शुद्ध आहारको चयन नै एक मात्र बिकल्प ।

Public health has been defined as “the science and art of preventing disease, prolonging life and promoting human health through organized efforts and informed choices of society, organizations, public and private, communities and individuals”.[1] Analyzing the health of a population and the threats it faces is the basis for public health.[2] The public can be as small as a handful of people or as large as a village or an entire city; in the case of a pandemic it may encompass several continents. The concept of health takes into account physical, psychological and social well-being. As such, according to the World Health Organization, it is not merely the absence of disease or infirmity.[3]
Public health is an interdisciplinary field. For example, epidemiology, biostatistics and management of health services are all relevant. Other important subfields include environmental health, community health, behavioral health, health economics, public policy, mental health, occupational safety, gender issues in health, and sexual and reproductive health.