Vision Mission Goals
हाईजेनिक वल्र्ड अर्गनाईजेशन
परिकल्पना :
उपभोक्ताको खाद्य अधिकार सुरक्षा र जनस्वास्थ्यका लागि गुणस्तरीय खाद्य वस्तुहरुको उत्पादन र बजार ब्यवस्थापनका साथै हाईजेनिक गुणस्तर प्रणालीको विश्वब्यापीकरण ।
बृद्धबृद्धाहरुको सम्मान साथ बालबालिका तथा महिलाहरुको हकहित र विकासका लागि कार्य गरी उनीहरुलाई आत्मनिर्भर बनाउदै समतामूलक समाज र सामाजिक विकासमा टेवा प्रदान गर्ने ।
संस्थाको लक्ष्य :
समृद्ध नेपालका लागि आजका कलिला बालबालिकाहरुलाई भोली समाज र राष्ट्रका कर्मठ युवाबर्ग बनाउने सफल प्रयास गर्दै बृद्धबृद्धाहरुको सम्मान साथ बालबालिका तथा महिलाहरुको हकहित र विकासका लागि कार्य गरी उनीहरुलाई आत्मनिर्भर बनाउदै समतामूलक समाज र सामाजिक विकासमा टेवा प्रदान गर्ने ।
उपभोक्ताको हक अधिकार, खाद्य सुरक्षा तथा खाद्यवस्तुमा गुणस्तर बृद्धि र गुणस्तरीय नेपाली खाद्य वस्तुहरुको विश्वब्यापीकरण गर्दै जडीबुट्टी, वनस्पति र कृषि खाद्यवस्तुहरुको खोज, अनुसन्धान, अध्ययनका साथै हाईजेनिक गुणस्तर प्रणालीको विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खाद्य मेला, तालिम, सेमिनार, गोष्ठी, प्रर्दशनी जस्ता कार्यक्रमहरु सफल रुपमा सञ्चालन गर्ने ।
गुणस्तरका लागि तपाईको सहयात्री
